राष्ट्रिय दैनिक / नवलपरासी ,४ बैशाख
नेपाल तरुणदलका केन्द्रिय सभापति बिद्वान गुरुङले लोकतन्त्रलाई बलियो बानाएर यसको रक्षाका निम्ति काङ्ग्रेस सहितका गठबन्धन दललाई बिजयी गराउनु पर्ने बताउनु भएको छ।
नेपाल तरुणदल पश्चिम् नवलपरासीले आयोजना गरेको तरुण भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष गुरुङले एमाले अध्यक्ष ओलिका कारण दुई पटक सम्सद बिघटन गरि जनादेशको अबमुक्ल्यन गरि लोकतन्त्र मास्न खोजेको आरोप लगाउनु भयो।तरुण अध्यक्ष गुरुङले भन्नू भयो”अब ओलि लाई रोज्ने कि लोकतन्त्र रोज्ने जनताको हातमा छ,त्यसैले जनताले मतको रक्षा र लोकतन्त्र बलियो बनाउन काङ्ग्रेसलाई जिताउनु पर्ने जिकिर गर्नु भयो ।

आउदो स्थानिय तहमा काङ्ग्रेसलाई जिताउन तरुणदलको महत्वपूर्ण भुमिका रहने बताउदै पार्टीको निर्देशन बमोजिम निर्वाचनका तयारीमा लाग्न सम्म्पुर्ण दरुण कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ।
कार्यक्रममा बोल्दै तरुण दल जिल्ला सभापति सुक बहादुर गुरुङले पार्टीले दिने जिम्मेवारीलाई तरुणले सहज रुपमा बहन गर्ने र सात वटै स्थानिय तहमा पार्टीलाई बिजय गराउन तरुण कार्यकर्ता परिचालन गरिने बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल,जिल्ला नेता कुलदिप आचार्य, सम्भुलाल श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

