Rashtriya Dainik

नेकपा एमाले सरावल उपाध्यक्ष सिफारिस शर्माकाे चुनावी प्रतिबद्धता

राष्ट्रिय दैनिक / नवलपरासी ,४ बैशाख

पश्चिमी नवलपरासीको सरावल गाउपालिकाको उपाध्यक्षको उम्मेदवारमा नेकपा एमालेबाट सिता शर्माको नाम सहित ४ जनाकाे नाम सिफारिस भएको छ ।

उपाध्यक्षमा शर्मासँगै धेरैले आकांक्षा देखाएपछि एमालेले सर्वसम्मतबाट उम्मेदवारको छनौट गर्न नसक्दा जिल्ला कमिटि हुँदै प्रदेश कमिटिमा सिफारिस गरेकाे छ ।

शर्मा सरावल गाउपालिका भित्र समाजसेवि महिला नेतृकाे रुपमा परिचित हुनुकाे साथै दर्जनाै संघ सस्थामा अाबद्ध शर्मा समाजमा सहयाेगि भावनाकाे रुपमा निस्वार्थ समाजसेवामा लागिरहनु भएकाे छ ।

वाल्यकाल देखि राजनितिमा अाबद्ध हुदै नेकपा एमाले साविक मनरी गाउँ कमिटिकाे सदस्य हुँदै, अनेम संघ जिल्ला कमिटिमा लामाे समय राजनिति गर्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य हुँदै सचिवालय सदस्यमा २ कार्यकाल जिम्मेवारी निर्वाह गर्दै हाल नेकपा एमाले नवलपरासी जिल्ला सल्लाहकारकाे भुमिकामा हुनुहुन्छ ।

शर्माकाे नाम सिफारिस भएसँगै विशेष गरी गाउपालिकामा महिलाका लागि विशेष प्रकारका काम गर्ने आफ्ना मुख्य एजेण्डा रहेको बताएकि छिन् । शर्माले नागरिकले लामो समयको संघर्षपछि स्थानीय तहमा जनप्रतिनिधि पाएको पहिलो कार्यकाल सकेर अब दोस्रो कार्यकालको लागि हामी चुनावी मैदानमा होमिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘ गाउपालिकामा दिदीबहिनीहरुले साह्रै दुःख पाएका छन् । अझैसम्म चुलो चौको छुटेको छैन् । अब स्थानीय सरकारलाई पनि राज्यले पूर्ण अधिकार दिएको छ । आफ्नो गाउँपालिका र आफ्नो ठाउँको समस्याको बारेमा कानून बनाउँन समेत अधिकार दिएको छ । त्यसैमा रहेर मैले काम गर्ने योजना बनाएकी छु ।’

शर्माले थपिन्, ‘उपाध्यक्षमा जितेपछि गाउँघरमा घेरेलु हिंसामा परेका महिला दिदीबहिनीहरुको न्याय निरुपण अँझै भएको छैनन्, गाउपालिकाको १ नम्बर वडादेखि ७ नम्बर वडासम्मका हरेक घरमा भएका महिला दिदीबहिनीका लागि लक्षित कार्यक्रमहरु आएका छैनन्, ज्याला ,मजदुरी र चुलो, चौको छुटाउँने खालका योजनाहरु बनेका छैनन् । यि र यस्ता विषयमा उनिहरुको अधिकारहरु पूरा गर्नका लागि मेरो महत्पूर्ण भूमिका रहने छ ।’

यस्ता छन् प्रतिबद्धताहरू

शिक्षा :- विकासको मेरुदण्ड शिक्षा हो । शिक्षा प्राप्त भए हामीले जहाँ गएर जे सुकै काम गरेर भए पनि आफ्नो भविष्य उज्ज्वल बनाउन सक्छौँ । गुणस्तरीय शिक्षा भए, जहाँ पनि प्रतिस्पर्धा गर्न सक्छौँ । त्यसैले सुलभ र गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथामिकता हो । त्यसमा पनि महिला वा वालबालिकालाई विशेष प्राथामिकतामा राखेर शिक्षा नीति बनाउनुपर्छ भन्ने मेरो प्रतिवद्धता छ ।

स्वास्थ्य :- हाम्रा लागि स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । बिरामी पर्दा, परासी , वुटवल भैरहवा वा त्यो भन्दा टाढा जानुपर्ने बाध्यता हटाउनु छ । त्यसका लागि हाम्रो गाउँमा सुविधा सम्पन्न अस्पताल बनाउनु छ । घर नजिकै पायक पर्ने स्थानमा क्लिनिक बनाउनु छ । सुरक्षि सुत्केरी, गर्भवती सुरक्षा हामी दिदीबहिनीका लागि अर्को महत्वपूर्ण विषय हो । कुनै पनि सुत्केरीले मृत्युवरण गर्नु नपरोस भन्ने हिसाबले सुरक्षित मातृत्व कार्यक्रम लागू गर्नुपर्छ ।

सडक :- विकासको अर्को महत्वपूर्ण विषय सडक हो । शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सडक अति आवश्यक छ । गाउँका हरेक टोललाई जोड्ने गरी सडक सञ्जाल बनाउनुपर्छ । तर, त्यस्ता सडकले हाम्रो खेतीपाती गर्ने जग्गा जमिनको सकेसम्म कम क्षति हुनुपर्छ भन्ने हाम्रो सर्त हुनुपर्छ ।

रोजगारी :- हाम्रो अर्को ठूलो चुनौती वेरोजगारी हो । वेरोजगारीका कारण हाम्रो जीवनस्तर उच्च बन्न सकेको छैन। वर्षमा ६ महिना काम गर्दा तीन महिना पुग्ने उब्जाउ गर्न सकिँदैन । जसले गर्दा ज्याला मजदुरी वा विदेश जानुपर्ने हाम्रो नियती छ । त्यसलाई बदल्न अब हामील रोजगारीबारे विषय काम गर्नुपर्ने हुन्छ ।

हाम्रो गाउँमा हामीले कृषिलाई नै रोजगारी बनाउन सक्नुपर्ने छ । यहाँ पशुपालनबाट मनग्य आम्दानी हुने कार्यक्रम ल्याउनुछ । त्यसका लागि सहज ऋण, पशु सेवा, तालिम जस्ता विषय प्राथामिकतामा राख्नुपर्छ । अब निर्वाहमुखी किसानी होइन, व्यवसायिक किसानी गर्नुछ । यहाँ जे उत्पादन हुन्छ त्यसको उत्पादन बढाएर बजारसम्म पुर्याए हामीले गाउँमै पैसा कमाउन सक्छौँ । जसले हाम्रो जीवनस्तर उकास्ने छ।

अन्घविश्वास :- हाम्रो विकासको बाधक अन्धविश्वास एक समस्या हो । हामी विरामी पर्दा अझै अस्पताल नगएर धामी झाँक्रीमै विश्वास गर्छौ । यी सबै कुरिती हटाउनु छ र एक सभ्य समाजको निर्माण गर्नु छ । यी सबैका लागि शिक्षा नै पहिलो सर्त हो। त्यसैले मेरो पहिलो प्राथामिकता शिक्षा रहेको छ ।

निर्णय प्रक्रियामा सहभागिता :- हामीले जनप्रतिनिधि भइसकेपछि जनताको आवाज सुन्नुपर्छ । निर्वाचित भएपछि जनताको कुरा नसुन्ने अच्चम्मको समस्या नेताहरुमा देखिन्छ । त्यसैले हामीले गरेका वाचा पूरा गर्न र आवश्यकता अनुसार कार्यक्रम बनाउन जनताको सुझाव लिइनेछ । सुझाव अनुसार स्थानीय आवश्यकता अनुसार कार्यक्रम बनाइनेछ ।

भ्रष्टाचार विरोधी अभियान :- हामी अहिले जुन अवस्थामा छौँ, त्यसको एक कारण भ्रष्टाचार हो । राज्यले दिएको रकम हामीले सदुपयोग नगरी आफ्नो पाकेटमा हाल्ने काम रोक्नुपर्छ । योजनामा हुने भ्रष्टाचार होस् वा कुनै रोजगारीका लागि दिइने घुस त्यो बन्द हुनुपर्छ । घुस र भ्रष्टाचारमा नियन्त्रण गरियो भने हामीले बनाउन चाहेको सभ्य समाज बनाउन कुनै समस्या हुने छैन ।

सामाजिक न्याय :- समाजमा विभिन्न वर्ग छन् । जातजाति छन् । पछाडि पारिएको वर्ग तथा जातजातिलाई मुलधारमा नल्याइ विकास हुँदैन । त्यसैले जातका नाममा होस वा, लिंगका नाममा वा आर्थिक अवस्थाका नाममा । पछाडि परेको समूदायलाई मुलधारमा ल्याउन सामाजिक न्याय दिइनेछ ।

महिलामैत्री कार्यक्रम :- एक महिलाको समस्या महिलाले मात्र बुझेको हुन्छ । बिहान उठेदेखि बेलुका सुत्नेबेलासम्म महिलाले भोग्नुपर्ने समस्या पुरुषको तुलनामा निकै धैरै छन् । छोराछोरीको हेरचाहदेखि ज्याला मजदुरी र घर फर्केपछि फेरि आराम गर्न नपाइ काममा लादिनुपर्ने अवस्था छ । त्यसैले हामीले काममा पुरुषले पनि महिलालाई सहयोग गरुन भन्ने किसिमले चेतना जगाउनुका साथै महिलालाई अग्रपंक्तिमा ल्याउने कार्यक्रम लागू गर्नुपर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित