कञ्चनपुर। कञ्चनपुरको बेदकोटमा धामीझाँक्रीको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ। बेदकोट नगरपालिका–६ मुसेपानीमा धामीझाक्रीको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार राति झारफुकका क्रममा कुटपीटबाट ४२ वर्षीया रञ्जुला साउँदको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीका अनुसार ४३ वर्षीया रञ्जुला साउँदको शुक्रबार राति झारफुकका क्रममा उनकै जेठानीको घरमा मृत्यु भएको हो।महिलाको मृत्यु स्थानीय कमला साउदको घरमा भएको थियो । कमला पनि समान्य झारफुक गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
महिलामाथि कुटपिट गरेको आरोपमा कञ्चनपुर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउँद केही दिनदेखि बिरामी परेकी थिइन् । शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि उनी झारफुकका लागि पुगेकी थिइन् । सोही क्रममा उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए । उनले धामीझाँक्रीकै कारण हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा अहिले नै भन्न नसकिने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

