Rashtriya Dainik

सबै पालिकामा सत्तागठबन्धनबिच तालमेल नहुने निश्चित

बैशाख ३- सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबै स्थानीय तहमा चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् । कैलालीमा गठबन्धन तोडेको जसपाले परिवर्तनकारी शक्तिहरुसँग चुनावी तालमेल हुने दाबी समेत गरेको छ ।

स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरूका बिचमा तालमेल गर्ने सहमति जुटेको भएपनि देशैभर भने तालमेल नहुने निश्चित भएको छ । गठबन्धनमै रहेको दल जसपाले कैलालीमा तालमेल नगर्ने निर्णय गरेको छ भने कांग्रेसभित्र पनि सबै स्थानीय तहमा गठबन्धन गर्न नहुने मत वलियो छ । गठबन्धनमा रहेका दलहरुले भोलिसम्ममा चुनावी तालमेलको खाका तय गर्ने तयारी गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले देशैभर गठबन्धनका बिचमा चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् ।

सरकारमा रहेका दलहरुका बिचमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भने यसअघि नै जुटिसकेको छ । स्थानीय तहहरुमध्ये महानगर र उपमहानगरको भागबण्डाका बारेमा अझैपनि गठबन्धनमा रहेका दलहरुका बिचमा सहमति कायम हुन सकेको छैन ।

यता जसपाबाट केही समयअघि विभाजन भएर बनेको दल लाकतान्त्रिक समाजवादी पार्टी समेत अहिलेको सत्तागठबन्धनमा आउने विषयमा छलफल भइरहेको थियो । तर जसपा अध्यक्ष यादवले भने अहिलेको गठबन्धनमा रहेका दलहरुका बिचमा मात्रै चुनावी तालमेल हुने दाबी गरेका छन् ।

यता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने आइतबारसम्म कुन दलले कुन स्थानीय तहमा उम्मेदवारी दिने निर्णय हुने बताएका छन् । तर महानगर र उपमहानगरको नेतृत्वको भागबण्डामा गठबन्धनमै रहेका दलहरुका बिचमा सहमति कायम हुन नसक्दा भने केन्द्रले गरेको निर्णय स्थानीय तहको पार्टी कमिटिले उल्लंघन गर्ने अबस्था समेत देखिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित