Rashtriya Dainik

भरतपुरमा कांग्रेसका ५० कार्यकर्ताले दिए सामूहिक राजीनामा

चितवन /३ वैशाख । पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै चितवनको भरतपुर महानगरपालिका वडा नं. -१७ मा कांग्रेसका ५० कार्यकर्ताले राजीनामा दिएका छन् ।

शनिबार एक कार्यक्रम अयोजना गरी वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशील तथा साधारण सदस्यले राजीनामा दिएका हुन् ।

राजीनामा गर्नेहरूमा प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा, पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गैतम, मीरा पोखरेल, बलराम कँडेल लगायत रहेका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा जनताका आधारभूत आवश्यकतामा मौन रहेने स्वार्थ केन्द्रित राजनीतिक दुष्चक्रबाट आजित भएको उल्लेख गरिएको छ । उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकामा पनि विरोध जनाएका छन् ।

वडाको विकासमा जनसहभागिताको रकम दुरूपयोग गरिएको, जनप्रतिनिधि कमिसनमा रमाएको, कृषकका समस्याहरूलाई बेवास्ता गरिएको र सडक निर्माण अलपत्र पारिएको विज्ञप्तिमा जनाइएको छ ।

वडा समितिका पूर्व सभापति विष्णुप्रसाद सुवेदीले जनता भन्दा माथि व्यक्तिमुखी राजनीति चलेकोले आफूहरु आजित भएको र पार्टी परित्याग गरी स्वतन्त्र नागरिक मञ्च गठन गरिएको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित