Rashtriya Dainik

नेकपा एमाले बर्दघाट ५ नं.वडा कमिटिद्धारा चुनाव परिचालन कमिटि निर्माण ।

नवलपरासी ,बैशाख–३
नेकपा एमाले बर्दघाट वडानम्वर –५ को वडा कमिटिले यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चुनाव परिचालन कमिटि निमार्ण गरेको छ ।

१ सय ५१ जना चुनाव परिचालन कमिटिको ईन्चार्जमा उत्तम ध्वज के.सी. संयोजकमा दिल बहादुर बर्मा र सह–संयोजकमा निमराज पाण्डे, सचिवमा चन बहादुर र कोषाध्यक्षमा लोक प्रसाद पाण्डेलाई चयन गरीएको नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बर्दघाट वडानम्वर –५ का चुनाव परिचालन कमिटि ईन्चार्ज उत्तम ध्वज के.सी. ले जानकारी दिनु भएको छ ।

नेकपा एमाले वडा कमिटिले बर्दघाट नगरपालिका वडानम्वर –५ मा यहि बैशाख ३० गते हुने स्थानि तहको निर्वाचनका लागि बिष्णु प्रसाद पाण्डेलाई अध्यक्षमा उठाउने गरी जिल्लापार्टीमा सर्बसम्वत रुपमा सिफारीस गरेको नेकपा एमाले वडा कमिटी अध्यक्ष दिल बहादुर बर्माले बताउनु भएको छ । त्यसैगरी सदस्यमा गोबिन्द चौधरी,किसान दमाई,वच्ची चौधरी र रन्नता कुमारी सार्कीलाई सदस्यमा उठाउने गरी जिल्ला पार्टीमा सिफारी गरीएको अध्यक्ष बर्माले बताउनु भयो ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा नेकपा एमालेले यहि बैशाख ३० गते हुने स्थानि तहको निर्वाचनका लागि राष्ट्रिय जनमुक्ति पार्टीसंग तालमेल गरी अघि बढ्ने गरी चैत्र २७ गते संयुक्त विज्ञप्ती नै जारी गरी सकेको छ ।

नेकपा एमाले बर्दघाट नगर कमिटि अध्यक्ष रबिन्द्र बिक्रम हमाल र राष्ट्रिय जनमुक्ति पार्टीका वार्ता टोली संयोजक शेर बहादुर थापाद्धारा संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तीमा राष्ट्रिय जनमुक्ति पार्टी सूर्य चिन्ह लिएरनै जिल्ला समन्वय समितिको निर्वाचन सम्म संयुक्त रुपमा अघि बढ्ने सहमति भएको जनाईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित