कपिलवस्तु, कृष्णनगर, बैशाख २
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा बहुजन शक्ति पार्टीको वडा समिति गठन भएको छ l
प्रमुख अतिथिमा बहुजन शक्ति पार्टी का प्रदेश अध्यक्ष एहसान अहमद खां, विशिष्ट अतिथिमा बहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य गौरी शंकर कोरी, जिल्ला बरिष्ठ सल्लाहकार बाबुराम कोरी तथा घनश्याम प्रसाद चतुर्वेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले दलित हरूको उत्थान जरूरी रहेको बताउदै विकासका गतिविधिमा सबैको साथ र सहयोग चाहिने बताउनुभयोl
घनश्याम प्रसाद चतुर्वेदीको अध्यक्षतामा ११ सदसिय वडा समिति गठन गरिनुका साथै बहुजन शक्ति पार्टी कृष्णनगर नगरपालिका वडा नं १० बाट घनश्याम प्रसाद चतुर्वेदीको नाम वडाध्यक्षमा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ l
कार्यक्रममा सयौंको संख्यामा उपस्थित रहेको थियो l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

