Rashtriya Dainik

जनता समाजबादी पार्टीद्वारा बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न

राजन कुमार बानिया
पर्सा २ बैशाख
जनता समाजबादी पार्टी (जसपा) धोबिनी गाउँपालिकाको अायोजनामा अाज पार्टी प्रबेश कार्यक्रम पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर मा समपन भएको छ।पार्टी प्रबेश कार्यक्रममा लोजपा प्रत्याग गरि लोजपाका केन्द्रीय सदस्य पप्पु पटेल, नेकपा एमालेका नेता प्रमोद यादव लगायत दर्जनौ जनता हरु जसपामा पार्टी प्रबेश गरेका छन। पार्टी प्रबेश कार्यक्रम जसपा नेपाल धोबिनी गाउँपालिका अध्यक्ष देबेन्द्र पटेल को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथी पर्सा क्षेत्र नं ४ (ख) का बिधायक सिंगासन कलवारको प्रमुख अतिथ्यमा भएको पार्टी प्रबेश कार्यक्रममा बोल्दै मधेशी जनता हरु ले दिएको योगदान बाट मधेशी जनताहरुले अाफ्नो पहिचान को रुपमा मधेश प्रदेश पाएका छन ।जसपा नेपालले मधेश प्रदेश कायम गरी मधेशी जनता हरु को सान र पहिचान कायम गरेको छ। मधेश प्रदेश मा जसपा को सरकार ले मधेशी हरु को पहिचान को साथै शिक्षा ,स्वास्थ्य ,कृषि,सिचाई लगायत भौतिक बिकास निर्माणको काममा अगर्ता लिएको दाबी गरे।जसपाको सरकारले क्षात्राहरुको लागि उच्च शिक्षा पढनको लागि साईकल बितरण गरेको छ। बालिका हरु को लागि बिमाको ब्यवस्था गरेको छ। जसपाको सरकारले गरेको राम्रो कामलाई नेपाली काँग्रेस र एमाले का नेता हरु लाई नपचेको कारण मुदा मोकादमा गरेर हरान पार्न खोजेको छ।मधेश र मधेशीहरुको खुशी नेपाली काँग्रेस र नेकपा एमाले हेर्न सकिरहेको छैन । जनता समाजबादी पार्टी मधेश प्रदेश मात्र होईन अब सातै प्रदेशमा रहेको छ। अाउने दिनमा जसपा नेपालको छाता छापमा मोहर लगायर बहुमतको साथ बिजय गराउन अाग्रह समेत गर्नु भएको थियो। मधेश र मधेशी जनताको एक मात्र पार्टी जसपा रहेको छ।अाफ्नो क्षेत्र को बिकासको बारेमा चर्चा गर्दै प्रदेश साँसद कलवारले भने ५० करोडको लागत हुन गईरहेको छ अोरिया खोलामा डेम बनाएर सिचाई उपलबध गराउने यो क्षेत्रमा पर्ने बल्क नं १/२ मा सिचाईको लागि पानी ब्यवस्थापन गरिने बताए। प्रदेश सरकार को लगानीमा १३ किलो मिटर रिंग रोग को काम भईरहेको छ । अाउने दिन हरुमा शिक्षा ,स्वास्थ्य , लगायत विशेष प्राथमिकता रहने बताए ।पार्टी प्रबेश कार्यक्रममा जसपाका प्रदेश सदस्य एव धोबिनी गाउँपालिका अध्यक्ष पदका उमेदवार मदन चौहानले भने गाउँपालिकामा भई रहेको भ्रस्टाचारलाई उजागर गरेर हेराउन्छु अहिले धोबिनी गाउँपालिका भ्रस्टाचारको अखडा बनेको छ । भ्रस्टाचार मुक्त गराउने छ भने ईमान्दार छविको नेता हरु लाई अाफ्नो भोट दिएर बिजय गराउनुस म मदन चौहान तपाईंहरुको पहरेदार बनेर तपाईंहरुको दुख शुखमा साथ दिने प्रतिबद्धता गर्नु भएको छ। जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अालम, वडा अध्यक्ष ललन पटेल, मनाउर मियाँ , दिपक सराफ लगायतले नव प्रबेशीहरुलाई फुलमाला लगाएर स्वागत तथा शुभकामना दिनु भएको थियो । कार्यक्रम संचालन युवा नेता सचिन सिंहले कार्यक्रम संचालन गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित