राजन कुमार बानिया /पर्सा
नयाँ वर्ष २०७९ को अवसरमा पर्साको पोखरिया नगरपालिकामा शुभकामना अदान प्रदान कार्यक्रम समपन भएको छ। नेपाली काँग्रेस पोखरिया नगर कमिटीले अायोजना गरेको कार्यक्रम नेपाली काँग्रेस नगर अध्यक्ष रामबाबु चौहान को अध्यक्ष्ातामा भएको कार्यक्रम को प्रमुखअतिथी पुर्वमन्त्री क्षेत्र नं ३ का पुर्व सांसद सुरेन्द्र प्रसाद चौधरीको प्रमुख्यअतिथमा सम्पन भएको थियो। नयाँ वर्षको अवसरमा प्रमुख अतिथी चौधरीले अाफ्ना क्षेत्रका जनताहरुलाई उन्ति प्रगती तथा स्वास्थ दिर्घायो को कामना गर्दै शुभकामना दिएको थिए। प्रमुख अतिथी चौधरी ले भने देश मा जब जब संकट अाएको बेला देश लाई नेपाली काँग्रेस पार्टी ले बचाएको छ। नेपाली जनता हरु को दुख सुख मा सहयोग र शान्ति सुरक्षा नेपाली काँग्रेस को सरकार ले दिएको छ।केपी अोली को सरकार भ्रस्टाचार बाहेक केही गरेको छैन । केपी अोलीको सरकार देशको अर्थ तन्त्र खोखला बनाएको दाबी गरे । अब नेपाल जनता हरु को लागि नेपाली काँग्रेस को सरकार ले देश र जनता हरु को हकहित मा काम गर्ने बताए ।बैसाख ३० गते हुन गईरहेको स्थानिय चुनाव मा नेपाली काँग्रेस लाई जिताउन अाग्रह समेत गरे। अाफ्ना नेता कार्यकर्ता हरु लाई घर घर जाउ नेपाली काँग्रेस जिताउ अभियान अन्तर्गत घर घर जान अाग्रह समेत गरेका हुन। कार्यक्रम मा पोखरिया नगर प्रमुख दिपनारायण रौनियार , महादिबेशन प्रतिनिधि रामजनम चौधरी , जिल्ला सदस्य सलेन्दर यादव, ललन दुबेदी, क्षेत्रिय सभापती श्रीकिसुन चौहान,वडाअध्यक्ष सोनालाल साह,किशोरी साह, सियान्नद चौहान,नेपाली काँग्रेस का नेता सुरेश मेहता,ढेरी यादव, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्सनु भएका छन। कार्यक्रममा सयौको संख्यामा नेता कार्यकर्ता लगायत जनताहरुको सहभागी रहेको थियो ।कार्यक्रम संचालन क्षेत्रिय सचिव सुरेन्द्र सिंहले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

