महेश सिंह सिरहा लहान २ बैशाख – सप्तरीको सुरुङ्गा नगरपालिका वाडा नम्बर १ बाट नेपाली काङ्ग्रेसका नेता आनन्द कुमार चौधरी वाडा अध्यक्षका लागी संभावित उमेदवार रहेका छन्।२०४३ सालमा बिराटनगरको महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस बाट नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका चौधरी हाल सम्म राजनीतिमा सकृय रहेका छन्।
बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा सुरुङ्गा नगरपालिका वाडा नम्बर १ मा नेता आनन्द कुमार चौधरीले चुनावमा भाग लिने इच्छा जाहेर गरेका छन्।गाउँका हजारौं ब्यक्तीहरुले नेता चौधरीलाई निर्वाचनमा भाग लिन जोड दिदा ऊनी सहमत भएका हुन्। काङ्ग्रेस बुझेका तथा पुरानो नेता समेत रहनु भएका उनी निकै चर्चा बटुलेका छन्।
केहि महिना अगाडि भएको नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशनमा सप्तरी जिल्लाको प्रतिनिधिको जिम्मेवारी समेत निर्वाह गरेका हुन्।उनी वाडा नम्बर १ का सम्भाबित उमेदवार समेत रहनु भएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

