राष्ट्रिय दैनिक / नवलपरासी ,१ बैशाख
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ मा अवस्थित सुनवल सामुदायिक बिकास केन्द्रद्वारा नयाँ वर्षको शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
नयाँ बर्ष २०७९ काे अवसरमा सुनवल सामुदायिक बिकास केन्द्रकाे अध्यक्ष सपना अधिकारी थापाकाे अध्यक्षतामा कार्यसमिति र कर्मचारी बिच शुभकामना अादानप्रदान गरिएको हाे ।
शुभकामना मन्तव्य राख्नुहुदै अध्यक्ष थापाले नयाँ बर्ष २०७९ ले एकतामा बाध्न सहयोग गराेस साथै सबैमा सुस्वास्थ्य, समृद्धिको र दिर्घायुकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सुनवल सामुदायिक बिकास केन्द्रकाे उपाध्यक्ष देव कुमारी घिमिरे ,सचिव ठाकुर खनाल ,सदस्य हरि ढकाल , सदस्य पम्फा श्रेत्री लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

