Rashtriya Dainik

वडाध्यक्षमा उम्मेदवार मनोज जयसवाल द्वारा नयाँ बर्ष २०७९ को शुभकामना व्यक्त

३० चैत्र , कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ कार्य समिति अध्यक्ष मनोज कुमार जयसवालले नयाँ बर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

जयसवालले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ बर्षको
हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

नेपालको नयाँ बर्ष २०७९ को अवसरमा अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन्। साथै वडा नं १ बाट वडाध्यक्षमा उम्मेदवारी दिने बताउदै सबैसंग सहयोग गर्न अपिल समेता गरेका छन् l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित