विहादी,पर्वत | स्थानीय निकायको निर्वाचन नजिकिए सँगै पछिल्लो समय विभिन्न पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहरनै चलेको छ | मंगलबार नेकपा एमाले विहादी आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बिहादी गाँउपालि २ बर्राचाैरका नेपाली काग्रेसमा लामाे समयदेखि याेगदान गर्दै आउनुभएका र नेपाली काङ्ग्रेसबाट गएको २०७४ सालको स्थानीय निर्वाचनमा भारी मत ल्याएर बिजयी वडा सदस्य डोलेन्द्र गिरी एमालेमा प्रवेश गर्नु भएकाे हो | कार्यक्रम मा नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत जिल्ला सह इन्चार्ज पदम गिरी , विहादी गाँउपालिका नेकपा एमालेका अध्यक्ष ओम प्रसाद कुवर लगायतका नेता तथा कार्यकर्ता को उपस्थितिमा नवप्रवेशी हरुलाइ टीका र खादा वोढाएर स्वागत गरेका थिए |
एमालेमा प्रवेश गरेपछि गिरीले भने पछिल्लो समय पाटी भित्र देखिएको मतभेद र गठबन्धन सँग मिलेर चुनावमा जाने तयारी भएको कारण आफुले नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा जाने निर्णय लिएको बताए |
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

