कृष्णनगर, चैत्र ३०
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ सेमरा बस्ने मनोज कुमार जयसवालको नाम नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ बाट वडाध्यक्षमा निर्विरोध सिफारिश गरिएको नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यले जानकारी गराएका छन् ।
मनोज कुमार जयसवाल नेकपा एमाले पार्टीले गर्दै आएको सम्पूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएका थिए ।
जयसवाल नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ कार्य कमिटी अध्यक्ष रहेका थिए l आउने चुनावमा उहां वडाध्यक्षमा उम्मेदवारी दिने र आफू सधै जनताको हितमा काम गर्ने बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

