Rashtriya Dainik

जिप दुर्घटना एककाे मृत्यु विस्तृत जानकारी आउन बाकी

उत्तमकुमार थापा
बझाङ जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाकाे माेरिवगर दुखि भाडेबजार तिर आउदै गरेको अवस्थामा जीप दुर्घटना भएको स्राेतले बताए । स्राेतका अनुसार आज विहान छविस पाथिभरा गाउँपालीका वडा नम्बर ३ बावन डाडा घर भएका जय बहादुर सार्कीकाे आफ्नै जिप र चालक पनि आफै रहेकाे बताएको छ ।
चालक आफै रहेका अन्दाजी ४० बर्षका जय बहादुर सार्कीकाे लास सेती नदि देखि ५/६ मिटर माथि भिरमा रहेकाे छ । उहाँ खुट्टा भाचिएकाे र मृत्यु भएको स्राेतले बताएको छ । माथिवाट खसेको ढुङ्गाले गर्दा जिप अनकन्टाेर भएर करिब १०० मिटर तल सेती नदिमा खसेको छ । दुर्घटना भएको जिप से १ ज ६७३ नम्बरकाे रहेको छ । बिस्तृत जानकारी आउन बाकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित