महेश सिंह सिरहा लहान ३० चैत – सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाद्वारा पीडित परिवारलाई मृत्यु दाबी भुक्तानी दिएका छन्।सप्तरीको बोदेबरसाईन नगरपालिका वाडा नम्बर १० अमरैया बस्ने हेम नारायण चौधरी र आमा मन्जु कुमारी चौधरीकी १९ बर्षको कान्छो छोरा आदित्य नारायण चौधरीको २०७८ भदौ १ गते सप्तरीको छिन्मस्ता होस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो।
अचानक छाती दुखेर अस्पताल भर्ना गरेका चौधरीलाई उपचारकै क्रममा मृत्यु भएको हो।पुत्र शोकमा डुवेका बुवा हेम नारायण चौधरीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतो द्वारा पीडित परिवारलाई क्रिया खर्च सहित २ लाख ५६ हजार बराबरको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका छन्।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ता रिता कुमारी चौधरीले मृतका बुवा हेम नारायण चौधरी संग कान्छो छोरा आदित्य लाई जिवन बिमा गराएका थिए। बिमा गराएको ९ बर्ष नबित्दै आदित्यको मृत्यु भएको थियो।बिमित चौधरीले एक किस्ता मात्र तिरेको थियो।मृर्तकको बुवा सरकारी स्कुलको अबकास प्राप्त शिक्षक हुन्। उनी हाल घर परिवार चलाउन कृषि खेतीमा आवद्ध रहेका छन्।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लहान ब्रान्चका शखा प्रबन्धक उपेन्द्र नारायण महतोले सहजै तरिकाले जस्तो सुकै कार्यालयबाट हुने कामहरु उनी सेवाको भावनाले उपभोक्त,बिमित र सेवा ग्राहीहरुलाई सेवा दिने गरेका छन्।प्रबन्धक महतो पुर्ण रूपमा धार्मिक ब्यक्तीको रूपमा चिनीएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

