Rashtriya Dainik

फर्साटिकर सिद्दार्थमा ” student day ” कार्यक्रम सम्पन्न

तुलसीराम पौडेल
फर्साटिकर, चैत ३०
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलले ” student day” कार्यक्रम सम्पन्न गरेको छ।
सो अवसरमा विद्यालयका विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमको नृत्य ,गायन ,वाचन लगायत प्रस्तुत गरेका थिए ।
कक्षा -९ का छात्रा दिव्या डुम्रेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सियारी प्याब्सन अध्यक्ष लोक शर्मा बस्याल ,विद्यालयका प्राचार्य डिल्लीराम पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक ऋषिराम बस्याल ,पुर्व प्राचार्य तारा सुवेदी ,विद्यालय संचालक समितिका पदाधिकारीहरु केशव अधिकारी ,दया अधिकारी लगायतको आतिथ्यता रहेकोे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित