वीरगञ्ज २९ पर्सा
नेकपा (माओवादी केन्द्र ) बिरगंज महानगर अनतर्गत पर्ने सम्पुर्ण वडाहरुका वडा कमिटी अध्यक्षहरुको बैठक सम्पन्न भएको छ।बैशाख ३० गते हुने स्थानीय तहको चुनाव बारे छलफल गरिएको छ। ।सो बैठकमा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको अध्यक्षतामा बसेको बैठकमा महानगर पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
बैठकले आगामी स्थानीय चुनावमा वडा कमिटीहरुले खेल्नु पर्ने भुमिकाबारे प्रशिक्षण र कमिटीहरु बाट उम्मेदवारहरुको नाम सिफारिस माग गरेको छ ।
बैठकमा पार्टीको चुनावी रणनीति बारे विशेष छलफल गर्दै आगामी दिनहरुमा पार्टी कुन मोडालिटिमा प्रचार प्रसार र घर्दैलो गर्ने समेत छलफल गरिएको थियो। बैठकमा महानगर कमिटी का उपाध्यक्ष अनिरुद यादव ,उपाध्यक्ष जुमादिन,उपाध्यक्ष राजु बैठा ,सचिव सुरेन्द्र गुप्ता ,सह सचिव दिपेन्द्र मण्डल , कोषाध्यक्ष रेनु कार्कि लगायत पार्टी का नेता कार्यकर्ताहरु बैठक मा सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

