Rashtriya Dainik

देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्छ : राजेन्द्र लिङ्देन

वीरगंज ,२९ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले आज एक कार्यक्रमका बिच बिशाल आमसभाको गरेकोछ। आमसभा लाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले
सही ब्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने बताए ।
देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने‘यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अँझै बढेर जान्छ । जनताका दुःख अन्त्य हुने छैनन ।

अहिलेको अवस्थामा सिटामोल पाउन पनि अदालतको आदेश कुनुपर्ने र पैँसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउन नपाइने देशमा अरु बिकासको आश गर्न नसकिने अध्यक्ष लिङ्देनको बुझाई छ । सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनको आरोप छ ।

मधेशी शहिदको सहादतपछि मधेशले के पायो भन्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धी नभएको बताए ।

त्यस्तै सम्बोधन कै क्रममा नेपाली चलचित्रका नायिका रेखा थापाले आमसभालाइ सम्बोधन गर्दै भनिन मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको उनको भनाई छ । साथै नेपालको सिमाना बचाउनमा तराइ मधेस को ब्यत्किहरुको धेरै भुमिकस रहेको बताइन। यथास्थितीबाट देशलाई मुक्त गरेर अगाडी लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आग्रह गरेकी छिन।

त्यस्तै सम्बोधनकै क्रममा पार्टीका पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री डा. प्रकास चन्द लोहनीले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुट तन्त्र मच्चाइरहेको आरोप लगाउँदै अमेरिकाका बाट ४० करोड ल्याएको रुपैंयाको हिसाब किताब गर्दा अहिलेसम्म नदिएको र सम्पत्ति सुदृढीकरण बिभागमा निवेदन समेत दिदा निकास नपाएकोले यो देसको लाज मर्दो काहानी भएको बताए।

त्यस्तै सम्बोधनकै क्रममा पार्टीका केन्द्रिय सदस्य डा.राजेस गिरीले पहिला शाही सेनाको नाम थियो भने अहिले नेपाली सेनाको नाम रहेको बताएका थिए।
त्यस्तै सम्बोधनकै क्रममा पार्टीका केन्द्रिय सदस्य भुवन पाठकले एमाले, काग्रेस, माओवादीले देसलाइ बर्बाद पारि सकेकोले देसलाई बचाउन रा.प्र.पालाइ मतदान गरी पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।
उक्त कार्यक्रममा स्वागत मन्तब्य पार्टीका पुर्ब केन्द्रीय सदस्य तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसिया केन्द्रिय सदस्य मिना सुबेदीले गरेकी थिइन भने उत्क कार्यक्रम शुमेश्वरनाथ उपाध्याय, मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख अतिथि तथा विशिष्ट अतिथि पार्टीका पुर्ब केन्द्रीय अध्यक्ष डा. प्रकास चन्द लोहनी, पार्टी केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधान, पार्टी का केन्द्रिय सदस्य रेखा थापा,मिना सुबेदी, पार्टीका मधेस प्रदेश अध्यक्ष भरत गिरी,तथा पार्टीका पर्सा जिल्ला उपाध्यक्ष रामयोधा राउत,अवध किसोर साह,शान्ती केशी पार्टीका कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, पार्टीका जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह,पदन सदस्यहरु, जलेश्वर सरार्फ, योगेन्द्र राउत, शम्भु प्रसाद चौरसिया,रोसन यादव, दिपनारायण यादव, रामबाबु साह, जिल्ला सदस्य उदित सहनी,छठि साह कानु, देवेन्द्र ढुङगाना, महिना यादव लगायतको ब्यत्किहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित