Rashtriya Dainik

मष्टा गाउँपालिका वडा नं. ३ मा नेकपा एमाले परित्याग गरी १५० भन्दा वढी नेकपा एकीकृत समाजवादी पाटीमा प्रवेश

तरुण जोशी/ बझाङ
आज मष्टा गाउँपालिका वडा नं. ३ मा नेकपा एमाले परित्याग गरी १५० भन्दा वढीले नेकपा एकीकृत समाजवादी पाटीमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी वडा नं. ३ को वडा कमिटीको आयोजनामा संञ्चालन भएको कार्यक्रममा ९० घरधुरीका १५० वढी कार्यकर्ताहरुले समाजलादी पार्टीमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले स्वच्छाचारी ढङ्गले अघी बढ्न खोजेको र पार्टीमा ब्यक्तिवादी हावी हुदै गएपछी आफुहरुले एमाले परित्याग गरेको प्रवेशीहरुको भनाई रहेको छ । वडा नं. ३ का वडा कमिटी अध्यक्ष कृष्ण धामीको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी पार्टीका जिल्ला कमिटी अधयक्ष इन्द्र बहादुर भण्डारी प्रमुख अतिथी रहनु भएके थियो भने, विशिष्ट अतिथी वझाङ जिल्ला सह इन्चार्ज गजेन्द्र सार्की रहनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी उपाध्यक्ष धन बहादुर बोहरा, सार्टी सचिव लक्ष्मी जोशी लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहको जिल्ला कमिटी कार्यालय सहसचिव मान बहादुर जेठाराले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित