Rashtriya Dainik

माग पूरा नभएमा अनेरास्ववियुका विद्यार्थी आन्दोलनमा उत्रिने : अध्यक्ष यादव

महेश यादव ,नवलपरासी ,२९ चैत

अनेरास्ववियु सरावल गाउँ कमिटीद्धारा चार बुदें माग सहित सरावल गाउँपालिकामा ज्ञापनपत्र बुझाइएकाे छ ।

नेपाल सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्न भने तापनि यश सरावल गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुसंग चर्को शुल्क लिई शिक्षा प्रदान गरिरहेकाे र केही शिक्षकहरुले विद्यालयमा सुर्ती ,भाेला र चुराेट खाएर विद्यार्थीहरुकाे भविष्य माथि खेलवाड गरेकाे तथा पेट्रोलियम पदार्थकाे मुल्य वृद्धि र बढ्दै गरेको महंगी , भ्रष्टाचार , अनियमितता र बालश्रम विरुद्ध अनेरास्ववियु सरावल गाउँ कमिटीले गम्भीर ध्यानाकर्षण गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता ,महंगी,भ्रष्टाचार र अनियमितता न्युनीकरण गर्न तथा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्न र बालश्रम न्यूनीकरण लगाएतकाे चार बुदें माग सहित अनेरास्ववियु सरावल गाउँ कमिटीद्धारा ज्ञापनपत्र बुझाईएको छ ।
सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीलाई ज्ञापनपत्र बुझाउदै कमिटीका अध्यक्ष महेश यादवले मागहरु पूरा नभएकोमा अनेरास्ववियु सरावल गाउँ कमिटीले आन्दोलन समेत गर्ने जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित