पुरन अधिकारी ,पश्चिम नवलपरासी
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा प्रतापपुर गाउपालिकाको सहयोगमा मंगलबार पत्रकार क्षमता विकास एवं अनुसन्धनात्मक खोज पत्रकारिता विषयक दुई दिने तालिम गोपिगन्जमा सुरु भएको छ ।

महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाकी कार्य बाहक अध्यक्ष अन्जु कुमारी चौधरीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै चौधरीले यस गाउपािलकामा आफुहरु जननिर्वाचित भएर आएपछि जनताको अाशाअनुरुप विकास निर्माणका कार्य गरेको र आफुले पालिकाका शिक्षा, स्वास्स्थ्य, भौतीक पुर्वाधार लगाएत विकास निर्माण तथा पालिकाबासीको आय आर्जनमा समेत उल्लेख्य कार्य गरिएको र अरु केही कामहरु गर्दा गर्दै अधुरो रहेको समेत बताउनुभयो । सो अवसरमा ती अधुरा कामहरु पुरा गर्न आफुले पुन उम्मेद्वारी दिने र पालिकाबासीले आफुलाई साथ र सहयोग दिने कुरामा आफु विश्वस्त रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले पत्रकारहरु राज्यको चौथो अंग भएको हुदा पालिकाका हरेक गतिविधिमा चासो राखि सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुहुन अनुरोध गर्दै आफु सधै मिडियामैत्री रहेको हुदा पालिकाबाट प्रदान गरिने सम्पुर्ण सुचना तथा विज्ञापन स्थानिय सञ्चारमाध्यम तथा पत्रकारहरुलाई उपलब्ध गराउन आफु कटिबद्ध रहेको बताउनुभयो । सो अवसरमा प्रतापपुर गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष ईश्वरी प्रसाद चौधरी, कार्यक्रमका प्रमुख प्रशिक्षक एवं महासंघका पुर्व केन्द्रिय अध्यक्ष वरिष्ट पत्रकार धर्मेन्द्र कुमार झां, महासंघका पु्र्व जिल्ला सभापति केशव पराजुली लगाएतले मन्तब्य राख्नुभएको थियो । तालिममा जिल्लाका महासंघमा आबद्ध तथा जिल्लाका सञ्चारगृहमा अाबद्ध पत्रकारहरु गरि ४० जनाको सहभागिता रहेको छ भने तालिमको पहिलो दिन समाचारका श्रोत र समाचार पहिचानका विषयमा प्रशिक्षक धर्मेन्द्र कुमार झांले प्रशिक्षण दिनुभएको थियो । महासंघका जिल्ला उपाध्यक्ष मालती न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका सह सचिव श्याम थापाले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

