कृष्णनगर, चैत्र २९
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने वृजेश कुमार गुप्ता जनता समाजवादी पार्टी नेपाल परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका छन् l
आज नै उनी एक विज्ञप्ति मार्फत जसपा परित्याग गरेको घोषणा गर्दै राप्रपा नेपालमा प्रवेश गरेका छन् l
उनी जसपा नेपालको वडा नं २ कमिटी अध्यक्ष तथा जसपा नेपाल कपिलवस्तु को जिल्ला सदस्य समेत
रहेका थिए l उनलाई एक कार्यक्रमका बिच राप्रपा नेपालका केन्द्रीय सदस्य दिनेश चन्द्र गुप्ता ले पार्टीमा प्रवेश गराए lओम प्रकाश कौलापुरी, रंजना कौलापुरी, राम चन्द्र लोहार, बिंदवासनी गुप्ता, संगीता गुप्ता, जिविका गुप्ता
सहित अन्य व्यक्ति समेत प्रवेश गरेका छन् l वृजेश गुप्ता स्थानीय चुनावमा वडा नं २ बाट वडाध्यक्षमा उम्मेदवारी दिने बताए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

