Rashtriya Dainik

कोल्हुवामा प्राविधिक शिक्षालय स्थापना गर्न सहकारीको चासो

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–२ कोल्हुवामा प्राविधिक शिक्षालय स्थापना गर्न स्थानीय सहकारी संस्थाले चासो व्यक्त गरेको छ । स्थानीय कोल्हुवा खानेपानी बहुउद्देश्यीय सहकारी संस्थाले मध्यविन्दु नगरपालिका १, २ र ३ को भौगलिक क्षेत्रमा प्राविधिक शिक्षालय स्थापनाको लागि चासो व्यक्त गरेको हो ।

सहकारीका अध्यक्ष अनन्तराम भुसालले स्थानीय कुमारवर्ती माध्यामिक विद्यालयलाई पत्रचार गर्दै यस अगाडी प्राविधिक विद्यालय सञ्चालनमा चासो देखाएको कुमारवर्ती माविले प्राविधिक विद्यालय सञ्चालनको लागि २०७९ बैशाख ५ गते सम्ममा आवश्यक पहल कदमी लिन अनुरोध व्यक्त गरेको विज्ञप्तिमा जनाएको छ ।

विद्यालयले शिक्षालय स्थापना गर्न कठिनाई भए सो को आवश्यक पहल कदमी सहकारीले गर्ने उहाँले पत्रमा उल्लेख गर्नु भएको थियो । कुमारवर्ती मा.वि.मा चार वर्ष अगाडी प्राविधिक शिक्षालय सञ्चालनको लागि धनधान्याञ्चल आयोजना गरिएको थियो । प्राविधिक विद्यालय सञ्चालनको लागि २०७४ फागुन÷चैतमा धान्याञ्चल गरेको विद्यालयमा प्राविधिक शिक्षालय भने स्थापना हुन सकेको छैन ।

सहकारीले यसबीचमा धान्याञ्चलमा चन्दा दान गर्ने तथा बोलकवोल गर्नेहरुको बैठकहरु समेत हुन नसकेको स्मरण गराउदै यदी विद्यालयले शिक्षालय स्थापना गर्न नसक्ने हो भने चन्दा दाता तथा बोलकवोल गरेको व्यक्तिहरुको नामावली उपलब्ध गराउन समेत अनुरोध गरेको छ । विद्यालयले सो नामावली उपलब्ध गराए चन्दादाता सहित सरोकारवालाहरुको भेला आयोजना गरेर विद्यालय सञ्चालनको आवश्यक पक्रिया अगाडी बढाउने अध्यक्ष भुसालले बताउनुभयो ।

विद्यालयले विभिन्न समयमा प्राविधिक शिक्षालय सञ्चालनको लागि आवश्यक पहल तथा समन्वय गरेको भएपनि प्राविधिक शिक्षालय सञ्चालनमा ठोस् प्रगति हुन नसकेको कुमारवर्ती मा.वि.का प्रध्यानाध्यापक जनक के.सी. बताउनुभयो । सहकारीबाट पत्र प्राप्त भएको भन्दै उहाँले धान्याञ्चलमा संकलन भएको रकम स्थानीय बैंकमा मुद्धति खातामा बचत रहेको र तत्काल शिक्षलय स्थापना हुन नसक्ने भएपछि बोलकवोलको थप रकम संकलन नगरिएको उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन लगायतको कारण सहकारीले भने जस्तै तत्काल भेला, पक्रियाको कार्यहरु बढ्न सक्ने अवस्था नरहेको बताउदै उहाँले जेठ पस्चात यस विषयमा थप कार्य अगाडी बढाउन सकिने बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको १, २ र ३ लाई केन्द्र बनाएर स्थापना गर्न खोजिएको शिक्षालयमा सिभिल इन्जिनियरीङ्ग, प्लम्बिङ्ग, कृषि संकायको टिएसएलसि ÷ डिप्लोमा कोर्सको प्राविधिक विषय अध्यापन गराउने योजनामा रहेको कोल्हुवा खोपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्रीधर शर्माले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित