फेरि उ गाउँमा पस्यो
मुकेश थापा लेखापाल
फेरि उ गाउँ पस्याे,
साेझा बा आमा संग बस्याे ,
कुरामा चिल्लाे घस्याे,
हुदा हुदा अन्ततः गाउले फस्याे !
पाच बर्ष अघि देखिएको त्याे अनुहार,
दुई हात जाेड्दै माग्दै गर्या त्याे गुहार ,
पुनः दाेहाेरिदा गाउँले लाई याद आयाे ..
अब प्रश्न ? यहाँ कसले के पायाे ।
हिजाे चुलाे चाैकाहरुमा,
पर्वमेला अवसर माैकाहरुमा,
जन्तका जन्तिहरुमा, मर्दाका मलामीहरुमा,
असिना झर्ने, पसिना चुहिने खेतबारी हरुमा,
एक्लै रुमल्लिएका थिए ती गाउले अनुहार ,
पिराेलिएका मनहरु, बन्धक थिए तमाम रहर।
तर
फेरि उ गाउँ पस्याे
साेझा बा आमा संग बस्याे
चुलाे चाैकाेमा नया अनुहार देखिन थाल्या छ,
आमा समूह बैठक हरुमा उसकाे नाम लेखिन थाल्या छ,
फेरि बाड्दै छ पाेकाहरु आस्वासनका,
लुट्न लुटेर अझै छाेड्या छैन कुरा सुशासनका,
दिनप्रतिदिन कुरामा चिल्लाे घस्याे,
हुदा हुदा अन्ततः गाउले फस्याे ।
उ जितेर गयाे या हारेर गयाे
फेरि प…छी फर्किने गरि माया मारेर गयाे ,
पुनः एकपटक समिक्षाकाे समय आयाे
आखिर गाउले ले के पायाे ?
कतै राेड कटायाे त मन फटायाे ,
आधुनिकता का नाममा संस्कृति हटायाे ,
प्रदेश केन्द्र तिर कमिसनकाे मारामार
कृत्य याेजना तिर गाउकै सिंहदरबार
यहाँ जनता मात्रै छन हाहाकार
अझै के काे गर्नु छ र ? जयजयकार ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

