Rashtriya Dainik

फोहोरमैला व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न

विनोद निगम/ नवलपरासी/२८ चैत ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०४ पर्ने पाल्हिनन्दन अस्पतालमा संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

इन्द्रेणी सामाजिक विकास मञ्च र युनाइटेड मिसन टु नेपालद्वारा संचालित एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना अन्तर्गत ३ दिने संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरिएको छ।

पाल्हिनन्दन अस्पताल,पाल्हिनन्दन-०४ लोहरौलीका मेडिकल सुरिटेण्डेण्ट राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा पाल्हिनन्दन अस्पतालका कर्मचारीहरुलाई अस्पतालबाट निस्केको फोहोरलाई व्यवस्थापन गर्ने तरिका तथा विभिन्न विषयमा तालिम दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. राज कुमार गुप्ताले अस्पताल सुरुवाती चरणमा रहेकोले सो तालिम हाम्रो लागि अवसर भएको बताउनु भएको छ । “तालिममा सिकेका कुरालाई प्रभावकारी रुपमा अनुशरण गरेर उचित फोहोर व्यवस्थापन गरी यस अस्पताललाई फोहोरा ब्यवस्थापनको क्षेत्रमा नमुना बनाउने बताउनु भएको छ ।

संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी ३ दिने तालिम मिति २०७८/१२/२३ देखि २०७८/१२/२५ गते सम्म सञ्चालन गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित