Rashtriya Dainik

कृष्णनगर देखि बालक हराएको सूचना (खाेजि कार्यमा सहयोगकाे लागि सेयर गर्नुहाेस))

अजय मिश्र, कृष्णनगर चैत्र २८

अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका घर भइ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ पुरानो बसपार्कमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराईको छोरा बर्ष १३ को विपिन भट्टराई कृष्णनगर बजार देखि हिजो साझ ७ बजेबाट सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ l

विपिन भट्टराई चैत्र २७ गते साझ कृष्णनगर बजार देखि हराएको उहाँ लगभग ४.५ फिट हाइट, गोरो रंगको, कालो टिसर्ट हाफ पाइन्ट र कालो चप्पल लगाएका थिए l उनी चन्द्रौटाको फफुरी इंग्लिश बोर्डिंग स्कूल कक्षा ७ मा पढ्ने विद्यार्थी समेत थिए l

इलाका प्रहरी कार्यालय कृष्णनगरमा बालक हराएको उजुरी आएको र आफूहरू खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिएका छन् l

बालकलाई खोजतलास गर्न सबैमा पारिवारिक श्रोतले अपिल गरेको छ l
बालक फेला पार्ने महानुभाव हरू निम्न मोबाइल नम्बरमा ९८४९११४४५३, ९८५७०५५३६० मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित