Rashtriya Dainik

नवलपरासीमा ठुलो मात्रामा लागु औषध सहित दुई जना पक्राउ

संजय कुशवाहा / नवलपरासी २८ चैत

पश्चिम् नवलपरासीमा लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकाको समयमा रामग्राम नगरपालिका वडा न. ६ पोखरापाली स्थितमा हिडिरहेका रामग्राम नगरपालिका वडा न. ६ पोखरापाली बस्ने ३८ वर्षको रबिन्द्र बनियालाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथमा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २/२ एम.एल. को नुफिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र डाईजापाम ३९ एम्पुल गरी जम्मा १ सय १७ वटा एम्पुल लागुऔषध फेला परेको लागु औषध सहित बनियालाई प्रहरीले नियन्त्रणमा लिईएको हो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थान बस्ने ४२ वर्षका ईन्द्रकमल केवट समेत लागुऔषध कारोवारमा संलग्न रहेका बुझिएकोले तत्काल प्रहरीले केवटको घर खानतलासी गर्दा कोठामा खैरो हिरोईन ४,५०० ग्राम , स्पास्मो ( यस पी यम+ लेखेको ) ५७२ क्याप्सुल र १०० एम.एल.को ६ बोतल रेक्सटास लेखेको लागुऔषध फेला परेकोले लागु औषध सहित केवटलाई प्रहरीले नियन्त्रणमा लिई दुबै जना बिरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित