Rashtriya Dainik

शहबाज सरिफ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तानको संसदले सोमबार विपक्षी नेता शहबाज सरिफलाई देशको २३ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। संसदको सबैभन्दा ठूलो दल इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का सांसदहरूले निर्वाचन बहिष्कार गरेपछि सरिफ निर्विरोध प्रधानमन्त्री चयन भएका हुन्।

एक हप्ता लामो संवैधानिक संकट आइतबार इमरान खानले विश्वासको मत गुमाएपछि चरम सीमामा पुगेको थियो। अपदस्थ प्रधानमन्त्री खान र उनको पार्टीका अधिकांश सांसदहरूले मतदान शुरु हुनुअघि नै विधानसभाबाट राजीनामा दिएका थिए।

७० वर्षीय शहबाज तीन पटकका प्रधानमन्त्री नवाज शरीफका कान्छा भाइ हुन्, जसलाई सर्वोच्च अदालतले २०१७ मा सार्वजनिक पदमा बस्नबाट रोक लगाएको थियो र त्यसपछि १० वर्षको जेल सजाय भोगेको केही महिनापछि उपचारका लागि विदेश गएका थिए।

nepalviews

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित