पुरन अधिकारी ,पश्चिम नवलपरासी
नेपाल मगर संघ नगर कार्यसमिती सुनवलद्वारा नेपालको प्रथम शहिद लखन थापामगर प्रती नेकपा एमाले पार्टिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री खडग प्रसाद शर्मा ओलि (केपि ओलि)ले दिएको असंवैधानिक अभिव्यक्तिको विरोधमा बृहत् विरोध कार्यक्रम सम्पन्न गरेका छन।
नगर समितिका अध्यक्ष मन बहादुर थापामगर (दिपक)ज्युको अध्यक्षता र नेपाल मगर संघ जिल्ला नवलपरासीका सचिव दिपक रानामगर ज्युको प्रमुख आतिथ्यतामा सुनवल चौराहामा बृहत बिरोध कार्यक्रम सम्पन्न भएको हो । नगर समितिका
उपाध्यक्ष कुल बहादुर रानामगरको स्वागत मनतब्य र सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको उक्त विरोध कार्यक्रममा नगर समितिका वरिष्ठ सल्लाहकार एंवम नेपाल मगर बौद्ध सेवा समाज जिल्ला नलवपरासिका अध्यक्ष रमेश रानामगर ज्युले केपि ओलि द्वारा दिइएको अभिव्यक्ति प्रती खण्डन गर्दै सहिद कुनै जाती विशेषको मात्र नभएर देशकै सहिद हुन्छ यस किसिमको अभिब्यक्तीले प्रथम शहिद लखन थापामगर प्रती मात्र नभएर सबै सहिद प्रतिको अपमान हो भनी घोर भत्सर्ना गर्नुभयो ।
त्यस्तै आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला रुपन्देहीका उपाध्यक्ष प्रेम थापामगर ज्युले बिना तथ्य प्रमाण बाकाविरलाई प्रथम सहिद भनेको विरुद्धमा रुपन्देही जिल्लाको देवदहबाट शुरु भएको विरोधको झिल्को नवलपरासीको सुनवलमा आईपुगेको र केपि ओलिले आफ्नो अभिव्यक्ति नसच्याएमा चालिस लाख मगरहरु जुटेर देशै भरी बिरोधको झिल्को सल्किने चेतावनी दिनुभएको विरोध कार्यक्रममा प्रमुख अतिथि
दिपक रानामगर ज्युले प्रथम सहिद लखन थापामगर लगायत शहिदहरुको बलिदानीपुर्ण योगदानको कारण नेपाल अहिले संघिय लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्था परिणत भएकै कारण अहिले अभिव्यक्ति स्वतन्त्रता छ तर स्वतन्त्रताको नाममा केपि ओलिले बारम्बार गलत र झुट कुरा गर्दै आईरहेको र यस्तै भ्रात्मक अभिव्यक्ति पुन:दिए त्यसको कडा प्रतिवाद गर्ने र केपि ओलिको असंवैधानिक अभिव्यक्ति प्रती घोर भर्त्सना गर्दै विरोधका कार्यक्रममा गर्ने बताउदै आम जनताको प्रथम सहिद लखन थापामगर भनेर स्थापित भैसकेको अवस्थामा यस्ता बकम्फुसे अभिव्यक्ति तथा गलत तथ्यहिन कुरा नगर्न र नगराउन चेतावनी सहितको खबरदारी गर्दै मगर समुदाय प्रती कुनै पनि आंच आउने खालका गलत र भ्रात्मक कुरा गरे त्यसको प्रतिवाद अझै कडारुपमा नेपाल मगर संघ नगर कार्य समिती सुनवलले गर्ने र केपि ओलिले आफ्नो अभिव्यक्ति सच्याउन माग गर्दै नसच्चाए सम्म यो आन्दोलन जारी रहने समेत जानकारी गराउनु
भयो ।
उक्त विरोध कार्यक्रमको संचालन सुनवल नगर समितिका सचिव भेष बहादुर थापामगर (विक्की)ले गर्नुभएको थियो भने केन्द्रिय सदस्य, जिल्ला समितिका पदाधिकारी, नगर समिति सदस्य, सल्लाहकार, मगर अग्रज, अगुवा साथै विभिन्न पार्टिका अध्यक्ष, संघसंस्थाका प्रतिनिधि लगायत न्यायप्रेमी जनसमुदायको उपस्तिथि समेत रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

