महेश सिंह सिरहा लहान २८ चैत -सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ सखुवा सिमराहामा रामजानकी मन्दिर र बजरङ्गबलीको मन्दिर निर्माण भएको छ्। उक्त मन्दिरलाई हिन्दु परम्परा अनुसार ब्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ्।सोही वाडाका वाडा अध्यक्ष रमेश कुमार यादव र उनको श्रीमती निभा कुमारी यादवले पुजा अर्चना गरि मन्दिरमा मुर्ति अनावरण र ब्राण प्रतिष्ठान कार्यक्रम सम्पन्न भएको छ्।

वाडा स्तरीय बजेट बाट उक्त मन्दिरको निर्माण भएको छ्। आचार्य पंडित भोगेन्द्र झाको निर्देशन तथा सल्लाह सुझावमा हिन्दु धर्म तथा परम्परा अनुसार पुजा अर्चना गरी कार्यक्रम सम्पन्न गरेको छ्।उक्त कार्यक्रममा सयौं महिला दिदी बहिनीहरुले कलस यात्रा कार्यक्रममा सहभागी रहेका थिए। सोही गाउँपालिकाका जनप्रतिनिधि महेन्द्र प्रसाद यादवको समेत उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

