Rashtriya Dainik

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको निर्देशन

वडादेखि स्थानीय तहको उपाध्यक्ष/उपमेयर र अध्यक्ष/मेयरमा उम्मेदवार सिफारिस गर्दा रकम उठाइएको सार्वजनिक भएपछि नेपाली कांग्रेसले त्यसरी रकम नउठाउन सर्कुलर गरेको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार सबै प्रदेश कार्यसमितिमार्फत सबै जिल्ला कार्यसमितिलाई सर्कुलर पठाउँदै उम्मेदवार सिफारिस गर्दा कुनै पनि किसिमको रकम नउठाउन निर्देशन दिएका छन् ।

विभिन्न जिल्लाबाट पार्टीका विभिन्न तहका कार्यसमितिले उम्मेदवार सिफारिस गर्दा रकम उठाएको जानकारी आएको भन्दै त्यस्तो रकम उठाउनु पार्टीको विधानविपरीत भएको सर्कुलरमा भनिएको छ ।

पार्टीका क्रियाशील सदस्य तथा कुनै लाभका पदमा रहेका व्यक्तिले दिनुपर्ने शुल्कबाहेक अन्य कुनै पनि रकम लिन नपाइने सर्कुलरमा उल्लेख गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित