राष्ट्रिय दैनिक / नवलपरासी ,२७ चैत
नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नं. २ पश्चिम नवलपरासीबाट ५ सदस्य मनाेनित भएका छन ।
नेपाली काङ्ग्रेसको बिधान २०१७ संशाेधित दफा ११ काे उपदफा ४ काे “ग” उपदफा ६ काे “छ” बमोजिम ५ जनालाई मनाेनित सदस्य र नेपाली काङ्ग्रेस निमावली २०७६ काे दफा ५६ काे “२” बमोजिम ३ जनालाई अामन्त्रित सदस्यमा मनाेनित गरिएको छ।
क्षेत्रीय कार्यसमिति सदस्यमा राजन भण्डारी ,ठागे यादव ,माया अग्रहरी , लिलाधर सापकोटा र दिका पाैडेल मनाेनित हुनुभएको छ । त्यस्तै राज नरेशदास पटनवार ,संजय कानु र देवि शर्मा कण्डेललाई अामन्त्रित सदस्यमा मनाेनित गरिएको नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नं. २ सभापति माधव पाण्डेयले जानकारी दिनुभएको छ।

उहाले भन्नु भयो नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति विस्तारको क्रममा वहाँहरुलाई पाटीको निति नियम निर्देशन अनुसार काम गर्नका लागि मनाेनित गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

