Rashtriya Dainik

बर्दघाटमा स्थानिय चुनावका लागि एमाले र जनमुक्ति विच तालमेल

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ चैत
स्थानिय तहको चुनावमा एक्लै चुनाव लड्ने बताईरहेको नेकपाम एमाले अन्तत आफै गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिने भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्थानिय तहको चुनावका लागि नेकपा एमालले राष्टिय जनमुक्ति पार्टी संग गठबन्धन गरी चुनावमा जाने निर्णय गरेको छ । आईतबार नेकपा एमालेको तर्फबाट नगर कमिटी अध्यक्ष रविन्द्र विक्रम हमाल र राष्टिय जनमुक्ति पार्टीको तर्फबाट बार्ता टोलीका संयोजक शेरवहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै स्थानिय तह देखी जिल्ला समन्वय समितिको निर्वाचन सम्म संयुक्त रुपमा चुनाव लड्ने जानकारी गराईएको छ ।

बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत सामाजवादी लगायतका दलहरुको गठबन्धन हुने चर्चा चलिरहेका बेला ति दलहरुले गठबन्धनको टुंगो नलगाउादै एमालेले राष्टिय जनमुक्ति संग गठबन्धन गर्ने सहमती गरिसकेको छ । एमालले राष्टिय जनमुक्ति पार्टीलाई उपमेयर र वडा नम्बर २ को वडा अध्यक्ष सहित ६ जना वडा सदस्य दिने र १५ वडा सहित नगर प्रमुख एमालले लिने गरी सहमती भएको छ । जनमुक्ति पार्टीको तर्फबाट चुनावमा जाने उम्मेदवारले नेकपा एमालेकै सुर्य चुनाव चिन्ह लिएर चुनावमा जाने सहमती भएको छ ।

काङ्ग्रेस ,एकीकृत समाजबादी र माओवादी केन्द्रबिच तालमेल गर्ने बिषयमा चर्चा चलिरहेका बेला एक्लै चुनाव लड्ने बताईरहेको एमाले अतालिएर अन्ततः जनमुक्ति सग चुनावी तालमेल गरेको छ ।एमालेका तर्फ बाट धिरज शर्मा बस्याल नै दोहोरिने देखिएको छ।सुर्य चुनाव चिन्ह बाटै चुनाव लड्ने भएपछि गठबन्धन मात्रै नभएर जनमुक्ति पार्टी अघोषित रुपमा एमालेमा समाहित भएको भन्दै आलोचना समेत भएको छ।राष्ट्रिय जनमुक्ति पार्टीले नेपाली काङ्ग्रेस सग उपमेयरका लागि बार्गेनिङ गरेपनी काङ्ग्रेसको असहमति पछि जनमुक्तिले एमाले सग चुनाबी तालमेल गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित