संजय कुशवाहा / नवलपरासी २७ चैत
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ हरपुर मदरसा मदिनतुल ओलुममा विद्यालय आयुर्वेद शिक्षा तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापपुर आयुर्वेद शाखाको आयोजनामा मदरसा मदिनतुल ओलुम विद्यालयमा आयुर्वेद शिक्षा तथा योग शिक्षा सम्बन्धी महत्व र आवश्यकता बारे चार दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

मदरसामा अध्यनरत विद्यार्थीहरुलाई आयुर्वेद सम्वन्धि ज्ञान दिन गाउँपालिकाको कार्यक्रम अनुसार आयुर्वेद शाखाले विद्यालय आयुर्वेद शिक्षा तथा योग शिक्षा कार्यक्रम मदरसामा सम्पन्न गरेको छ ।
सम्पन्न भएको कार्यक्रमा मदरसा मदिनतुल ओलुम विद्यालयका करिब १३० जना विद्यार्थी सहित शिक्षकहरुको सहभागीता रहेको थियो ।
कक्षा ७ देखि कक्षा ११ सम्म अध्यनरत विद्यार्थीहरुलाई आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैलीको बारेमा जानकारी गराईएको आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्रा जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

