तुलसीराम पौडेल
फर्साटिकर, चैत २५
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ स्थित फर्साटिकर युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि संचालित नवौ शुद्दोधन गाउपालिका फर्साटिकर कप एक कार्यक्रम बीच आज समापन हुँदैछ। आज सम्पन्न हुने फाइनल खेलमा कालिका स्पोर्ट्स क्लब चितवन र केबिए ग्लोबल फुटबल क्लब भरतपुर बीच प्रतिस्पर्धा हुने खेल संयोजक आशिष कार्कीले जानकारी दिनुभयो ।खेलको बिजेताले उपाधी सहित नगद २ लाख ५५ हजार ५ सय ५५ पाउनेछन् भने उप बिजेताले १ लाख २५ हजार ५ सय ५५ पाउनेछ्न ।फर्साटिकर कप प्रतियोगितामा कपिलवस्तु ,नवलपरासी ,चितवन ,लगायतका गरि १२ वटा टिमहरुले भाग लिएको आयोजकले बताएका छ्न।
आज हुने समापन कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य पुष्पा थरुनीले सम्बोधन गर्नुहुने प्रचार प्रसार संयोजक टेकु भण्डारीले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

