कलैया २५ चैत्र।
समान्य प्रशासन मन्त्रालय सिँहदरबारको चलानी नम्बर ९८२ मिति २०७८ फागुन ३० गतेको पत्रबाट देवताल गाउँपालिकामा सरुवा भएको प्रमुख प्रशासकीय अधिकृत वकिल पालले किर्ते कागजात बनाई नेपालको कानुनको धजि उठाएका छन्।
केहि दिन अघि पाल बारागढि गाँउपालिकामा हाजिर हुन आउँदा त्यहाँको सम्पुर्ण जन्ता नै प्रतिकारमा उत्रेपछि देवताल गाउँपालिकामा सरुवा गराएका पाललाई हाजिर बगाएपछि महोतरी जिल्लाको एक स्थानीय तहमा सरुवा गरीएको थियो। तर पाललाई त्यहाँ पनि सरुवा बगाएपछि पुनः बाराको नमुना गाँउपालिकालाई तहस नहस पार्न देवतालमा सरुवा भई आएका छन।
देवताल गाउँपालिकामा सरुवा भई आएका पालको बारेमा नकरात्मक जानकारी आएकाले गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँहले हाजिर नगराएपछि किर्ते कागजात बनाएका जानकारी गाउँपालिका अध्यक्ष सिँहले बताएका छन। गाउँपालिका अध्यक्ष सिँहको अनुसार पाल मालपोत कार्यालय गौर रौतहटमा हुदा दाल मेलको जग्गा व्यक्तिको नाममा गर्दै बिबादमा परेका थिए। त्यस्तै बाराको फेटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुदा बिरगंज स्थित आफ्नो निजि कोठामा फर्निचर सेट लगाई गाउँपालिकाबाट भुक्तानी दिन लेखापाललाई दबाव दिँदा लखेटिएका थिए। त्यस पछि सतर्कता केन्द्रमा केहि दिन जगेडाको रुपमा समय बिताई फेरी बाराको बारागढी गाउँपालिकामा बिवादमा परी हाजिर हुन सकेका थिएन्न। महोतरी जिल्लामा सरुवा हुँदा त्यहाँ पनि हाजिर हुन नसकेको कर्मचारीलाई कसरी हाजिर गराउन सकिने प्रश्न समेत सिँहले गरेका छन्।
शुक्रबार पाल देवतालको कार्यालयमा आफु लगायत प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आएका सिकेन्द्र प्रसाद साहलाई अनुपस्थित हुँदा २०७३ सालको कार्यालयको लेटरप्याडमा समान प्रशासन मन्त्रालय सिँहदरबारलाई हाजिर भएको जानकारी पठाएका छन्। जबकि २०७३ सालमा मधेश प्रदेशको नामाकरण नै भएको थिएन। साथै त्यस पत्रमा चलानी नम्बर नै उल्लेख भएको छ। न त कार्यालयको छाप नै लागेको छ। आफुलाई कुनै किसिमको जानकारी नै नहुँदा कसरी हाजिर भएका छन। र यसरी कार्यालयको लेटर प्याडको दुरुपयोग गर्ने नेपाल सरकारको क्रमचारीलाई कार्वाहि किन नहुने प्रश्न समेत गरेका छन्।
नेपालमा तिन तहको सरकार भएकोले प्रदेश सरकार तथा संघीय सरकारको मातहतमा स्थानीय सरकार रहेको छ। संघीय सरकारबाट आफुले पालको बिकल्पमा अरु कामकाज गर्ने ईमान्दार क्रमचारीलाई पठाउन आग्रह गरीरहेको बेला पालले किर्ते कागजात बनाउनु गलत भएको समेत सिँहले बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

