कपिलवस्तु, चैत्र २५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका सुनिल कुमार मोदनवाल (सोनु)ले स्थानीय चुनावमा वडा नं २ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l मोदनवाल वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।
आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l उनी कृष्णनगर नगरपालिकाको कार्यपालिका सदस्य समेत हुन l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

