Rashtriya Dainik

भुजौली इङलिस बोर्डिङ स्कुलमा बिदाइ

तुलसी राम पौडेल /फर्साटिकर, चैत २५
रुपन्देहीको शुद्दोधन गाउँपालिका -२ भुजौली स्थित भुजौली इङलिस बोर्डिङ स्कुलमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ।कक्षा ९ का विद्यार्थीहरुले एस. इ . इ. .परीक्षा सहभागी हुने कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच विदाइ गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त चापागाईंले विद्यार्थीहरुको लागि अनुशासन महत्त्वपूर्ण भएको बताउनु भयो।
उहाले एस .इ .इ .परीक्षा दिइसकेपछि रिजल्ट आउनुभन्दा पहिला विद्यार्थीहरुले आफुले पढ्ने विषय रुचि रुचीअनुसार छनौट गरिसक्नुपर्ने बताउनु भयो ।उच्च शिक्षाको अध्यनमा आफ्नो तर्फबाट विद्यार्थीहरुलाई सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।विद्यालयका प्रधानाध्यापक झलक बहादुर थापाले अहिलेसम्मको नतिजाले विद्यालयको गरिमा उच्च रहेकोले अब प्राप्त हुने नतिजा पनि विद्यालयको गरिमा उच्च राख्नको लागि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा कक्षा ९ कि छात्रा पुजा भुसाल ,कक्षा १० कि छात्रा स्नेहा थापा,कक्षा -१० का छात्र सागर ज्ञवाली ,विद्यालयका स प्र अ विक्रम यादव र बिष्णु गौतमले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको बीच बीचमा साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
कक्षा ९ का छात्र सन्जित ढकालको अध्यक्षता, गरिमा जिसिको स्वागत मन्तव्य रहेको कार्यक्रम कक्षा -९ कै द्वय आरती सुवेदी र बसन्त गौतमले संचालन गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित