काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आईपुगेको छ । रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न महानगरको टोली आज साँझ परासी आएको हो । शनिबार एक समारोहकाबीच रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि संयुक्त हस्ताक्षर गर्ने कार्यक्रम रहेको रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिनुभयो । रामग्रामको भ्रमणमा आउन पाउँदा ज्यादै खुशी लागेको उहाँले बताउनुभयो । भ्रमण टोलीमा काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यह, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखहरु लगायतको सहभागिता रहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।