Rashtriya Dainik

दोस्रो हडाहियामाई गाउँस्तरिय भलिबल प्रतियोगिता शुरु

राज चाैधरी , नवलपरासी / २५ चैत
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित दोस्रो हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
हडाहिया माई खेलकुद समितिका अध्यक्ष लाल बहादुर चौधरीको अध्यक्ष्यता ,रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आथित्यतामा,रामग्राम नगरपालिका वडा नः १४ का अध्यक्ष पारसनाथ चौधरीको विशिष्ट आतिथित्वा तथा कार्यपालिका सदस्य चन्द्रकुमारी न्यौपाने, रोशन शाह सामाजसेबि प्रकाश यादव,इन्देर्श गुप्ता,सामाजसेबि भिमदेव भट्टराई, गंगानाथ कवँर, नाथ थारुको उपस्थिति रहेको थियोे । कार्यक्रम संचालन जितराम चौधरीले गर्नुभएको थियो ।
रामग्राम वडा नम्बर १४ प्रसवाल स्थित हडाहिया माई मन्दिरको खेल मैदानमा गाउँ स्तरीय प्रतियोगिता चैते दसैंको उपलक्ष्यमा गरिएको यो प्रतियोगितालाई निरन्तरता दिने समितिका अध्यक्ष चौधरीले बताउनुभयो ।
आज चैत्र २४ गते देखि २७ गते सम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कर २० हजार रुपैयाँ नगद , दृतिय १० हजार नगद ,तृतीय पुरस्कार ५ हजार सन्ताउन्न पुरस्कार पाचीस सय रहेको छ । उत्कृष्ट खेलाडीले मेडल तथा प्रामण पत्र प्राप्त गर्ने छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित