संजय कुशवाहा / नवलपरासी १२ मंसिर सौजन्य साना किसान कृषि सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको हो । संस्थाको अध्यक्ष राजेश सिंहको अध्यक्षता तथा राज्य सभा सदस्य रामलखन हरिजनको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सभा सदस्य हरिजनले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि अावश्यक छ । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ ।आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हो । सो कार्यक्रममा प्रतापपुर गाऊँपालिका वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी , नर्सही साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष नन्दलाल गुप्ता , साना किसान कृषि सहकारी सस्था त्रिवेणीका प्रबन्धक सरिता शर्मा लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सहकारीले २ लाख ३६ हजार ७२ रुपैयाँ बराबरको नाफा गरेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।