Rashtriya Dainik

पश्चिम नवलपरासीको दाउन्ने बहुमुखी क्याम्पस र माविहरुमा अखिल(क्रान्तिकारी)द्वारा संगठन विस्तार

नवलपरासी ः नेकपा( क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले जिल्लाको तीनवटा शैक्षिक संस्थामा संगठन विस्तार गरेको छ ।
संगठनले बर्दघाटको दाउन्ने बहुमुखी क्याम्पसमा निकिता चौधरीको अध्यक्षतामा ११ सदस्सीय समिति गरेको छ ।
समितिको उपाध्यक्षमा बास्मती चौधरी , सचिवमा अनु चौधरी, सहसचिव निशा कोषाध्यक्ष खुसमा बनियाँ र सदस्यहरुका बिमला बनियाँलगायत रहनुभएको छ ।
त्यस्तै दाउन्ने माविमा बिशाल पल्ली मगर अध्यक्ष रहेको समिति गठन गरेको छ । समितिको उपाध्यक्ष पुष्पा लामिछाने , सचिवमा अजय हरिजन सहसचिवमा शर्मिला थारु र कोषाध्यक्षमा लक्ष्मी सुवेदी सदस्यहरुमा उमेशलगायत ११ सदस्सीय रहेका रहेको जनाइएको छ । त्यस्तै बाल्मिकी मावि बर्दघाट-१ सृष्टी पाण्डेको अध्यक्षतामा २५ सदस्सीय ईकाई समिति गठन भएको छ । ती शैक्षिक संस्थाहरुमा संगठनका केन्द्रीय सदस्यद्वय मनोज थापा र दिलबहादुर चुदाँराले सम्बोधन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित