कृष्णा यादव /चैत २४ बिहीबार
सशस्त्र प्रहरी बल १३ गण पर्साले हातहतियार सहित तीनजना लाई नियन्त्रणमा लिएको छ।
बिशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल १३ नम्बर गणवाट खटिएको टोलीले सबैठवा वाट पर्सागढी तर्फ जाँदै गरेको ना ५७प३६२८ नम्बरको अपाची मोटरसाइकलमा सवार भई लङ् रेन्ज दुई नाले बन्दुक १ थान सहित तीनजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेले जनकारी दिनुभयो ।
पक्राउ पर्नेमा पर्साको पर्सगढी नपा वडा नम्बर ५ बस्ने बर्षा ४१ को प्रेम ठाकुर , बर्षा १४ को राहुल ठाकुर र सो वडाको वर्षा ५५ को रामजी ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेळे बताए ।
सशस्त्र प्रहरीले पक्राउ गरेको हातहतियार सहित तीनजनालाई अावशयक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

