Rashtriya Dainik

अनेरास्ववियु सरावल गाउँ कमिटीकाे प्रथम बैठक तथा नयाँ वर्षकाे शुभकामना आदानप्रदान

महेश यादव /नवलपरासी ,२४ चैत

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -४ गाेबरहिया मन्दिर परिसरमा अनेरास्ववियु सरावल गाउँ कमिटीकाे प्रथम बैठक तथा नयाँ वर्ष २०७९ काे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु सरावल गाउँ कमिटीका अध्यक्ष कमरेड महेश यादवकाे अध्यक्षता तथा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष कमरेड निरज पाैडेलकाे प्रमुख अतिथतामा प्रथम बैठक तथा नयाँ वर्ष २०७९ काे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि पाैडेलले अनेरास्ववियुमा आबद्ध सम्पूर्ण विद्यार्थी कमरेडहरुज्युलाइ नयाँ वर्ष २०७९ काे शुभकामना दिदै उत्तरउत्तर प्रगति तथा उज्ज्वल भविष्यकाे कमना सहित बधाई दिनुभएको थियाे । साथै उहाँले नेकपा एमाले निकटकाे भातृ संगठन अनेरास्ववियुले सम्पूर्ण विद्यार्थीहरुकाे समस्या समाधान र हकअधिकारकाे लागि आवाज उठाउदै अगाडि बढिरहेको बताए । र उहाँले आउदो स्थानीय निर्वाचनमा नेकपा एमाले लाई विजय गराउन सम्पूर्ण अनेरास्ववियुमा आबद्ध विद्यार्थी कमरेडहरुलाई आग्रह गर्दै विद्यार्थी कमरेडहरुकाे दुख सुख र हरेक कार्यमा आफू र अनेरास्ववियु जिल्ला कमिटीले साथ सहयोग दिने बताए ।

अनेरास्ववियु सरावल गाउँ कमिटी सह-सहचिव कमरेड मनाेज गुप्ताकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य कमरेड नागेन्द्र चाैधरी , अनेरास्ववियु जिल्ला कमिटी सह संयाेजक तथा प्रवक्ता कमरेड संजय माैर्य,सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कमरेड दामोदर देवकोटा , सचिवालय सदस्य कमरेड सन्देश न्याैपाने , सचिवालय सदस्य कमरेड सुरेन्द्र प्रजापति , सचिवालय सदस्य कमरेड गाेपाल सापकोटा , सदस्य ईश्वर पाेख्रेल, नेपाल मुस्लिम इत्तेहाद संगठन सरावल का अध्यक्ष सलिम राईन ,राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य कुमार चाैधरी,लगाएतले मन्तब्य समेत राखेका थिए । कार्यक्रम सञ्चालन अनेरास्ववियु सरावल गाउँ कमिटी सदस्य अशाेक कुमार गाैतमले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित