Rashtriya Dainik

कालिका स्पोर्ट्स क्लब फाइनलमा प्रवेश

तुलसीराम पौडेल
फर्साटिकर, चैत २४
रुपन्देहीको शुद्दोधन गाउपालिका –४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि संचालित नवौं शुद्दोधन गाउँपालिका फर्साटिकर कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तरगत बुधबार कालिका स्पोर्ट्स क्लब चितवन र झरना एफसी कुन्जलापुर बीच प्रतियोगिता सम्पन्न भएको थियोे
।प्रतियोगितामा कालिका स्पोर्ट्स चितवन दुइका विरुद्ध ५ गोलको अन्तरले विजयी भएको थियोे ।
पहिलो हाफको ४ औं मिनेटमा झरना एफसीका जर्सी नम्बर १३ का अनिलले पहिलो गोल गरेका थिए भने कालिका स्पोर्ट्सका जर्सी नम्बर ८ का रमेश बर्तौलाले गोल गरि बराबरीमा लगेका थिए ।
पहिलो हाफकै २७ औ मिनेटमा झरना एफसीका जर्सी नम्बर ७ का रोहित सुनारले २७ औ मिनेटमा गोल गरि टिमलाई अगाडि बढाएका थिए ।
पहिलो हाफकै ४१ औ मिनेटमा कालिका स्पोर्ट्सका जर्सी नम्बर ९९ का सुरेश कुमालले गोल गरि टिमलाई बराबरीमा लगेका थिए ।
दोस्रो हाफको ११ औ मिनेटमा कालिका स्पोर्ट्सका रुप बहादुर लामाले गोल गरी टिमलाई अग्रता बढाएका थिए ।
दोस्रो हाफको ३६ औं मिनेटमा जर्सी नम्बर ७ का यामिले टिमको लागि टिमको लागि चौथो गोल गरी टिमलाई जितको लागि सुनिश्चित गरेका थिए ।दोस्रो हाफकै थप समय सहित ४८ औ मिनेटमा कालिका स्पोर्ट्स कै जर्सी नम्बर ७ कै यामिले पाचौं गोल गरी दुइका विरुद्ध ५ गोलको अन्तरले टिमलाई विजयी गराउन सफल भएका थिए। बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलको घोषित म्यान अफ द म्याच पुरस्कार बापत कालिका स्पोर्ट्सका जर्सी नम्बर ९९ का सुरेश कुमालले नगद एक हजार पाच सय रुपैया प्राप्त गरेका थिए ।
सेमिफाइनलबाट फाइनलमा प्रवेश गरेका कालिका स्पोर्ट्स क्लब चितवन र केबिए ग्लोबल फुटबल क्लब भरतपुर बिच शनिबार फाइनल प्रतिस्पर्धा हुने खेल संयोजक आशिष् कार्कीले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित