Rashtriya Dainik

लहानको लक्ष्मण ललिता माध्यमिक बिधालयमा ४ कोठे पक्की भवनको मेयर साहद्वारा सिल्यानास

महेश सिंह सिरहा लहान २३ चैत – सिरहाको लहान स्थित रहेको लक्ष्मण ललिता माध्यमिक बिधालयमा ४ कोठे पक्की भवन बन्ने भएको छ्।एक कार्यक्रमको आयोजना गरी हिन्दु परम्परा अनुसार लहान नगरपालिकाको मेयर साह द्वारा सिल्यानास भएको छ्।बिधालय ब्यवस्थापन समितिको अध्यक्ष राम नारायण महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहानका मेयर मुनि साह रहनु भएको थियोे।

बिशिस्ट अतिथिमा पुर्व मन्त्री लक्ष्मण मेतहा,पशुपति आदर्श उच्च माद्यामिक बिधालयको भुपु प्राध्यापक बिश्वनाथ महतो,अतिथिहरुमा एमाले नेता बिरेन्द्र चौधरी,सोही स्कुलका
प्राध्यापक शिव शंकर महतो,भुपु बिधालय ब्यव्यवस्थापन समितिका अध्यक्ष फुलेश्वर महतो,महेश कुशवाहा, लहान ३ का वाडा अध्यक्ष राम दियाल महतो,लगायत लहान नगरपालिकाको दर्जनौं बिधालयको प्राध्यापकहरुको उपस्थिति रहेका थिए।

मेयर मुनि साहले निर्माण हुन् लागेका भवनको हिन्दु परम्परा अनुसार सिल्यानास गरिएको छ्।उक्त स्कुलले गुणस्तरीय शिक्षाको नाउँमा चर्चित बिधालय अन्तर्गत पर्ने गरेको छ।
बिधालयले दिन प्रति दिन स्तर उन्ती गर्दै शिक्षामा राम्रो बिकास गरिएको स्थानीय फुलेश्वर महतोले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित