उत्तमकुमार थापा धनगढी
नेकपा एकीकृत समाजवादीकाे भातृ सँघठन अनेरास्ववियुले कैलाली बहुमुखी क्याम्पसमा नयाँ कमिटी विस्तार गरेकाे छ ।
अनेरास्ववियुले पछिल्लो समय भातृ सँघठनकाे क्रममा कैलाली बहुमुखी क्याम्पसमा नयाँ समिति चएन गरेको सुनिल जाेशी च्यान्जजेवलले बताए । २२ गतेको दिन नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुकाे कमिटी गठनमा अनेरास्ववियुका नेता रमेश बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय महासचिव आरति लामा कैलाली जिल्ला पार्टी अध्यक्ष भैरव रावल बिशिस्ट अतिथि कैलाली जिल्ला पार्टी उपसचिव दीर्घ जाेशी बिशिस्ट अतिथि रहनुभएकाे थियाे ।
क्याम्पसमा आयाेजित कार्यक्रमले नयाँ कमिटी गठन गरेको सुनिल जाेशीले बताए । कैलाली बहुमुखी क्याम्पसकाे नयाँ कमिटीमा अध्यक्ष सुनिलराज जाेशी उपाध्यक्ष सुशील जाेशी लाेकराज भट्ट कृष्णराज जाेशी प्रतीक्षा वस्नेत सचिव . कपिल दत्त भट्ट सह-सचिव लाेकेन्द्र चाैधरी अशाेक विष्ट .दिपेन्द्र जेठारा खगेन्द्र अवस्थी
काेषाध्यक्ष राधिका जाेशी लगायत ७५ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सुनिलराज जाेशीले बताउनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

