Rashtriya Dainik

“मेराे चाहना समृद्ध नगरकाे सपना ” पुर्ण बहादुर खड्का

दोरेन्द्र खड्का बझाङ
विभिन्न प्रशासनिक,न्यायिक,बिकास सम्बन्धि संघिय,स्थानिय र प्रादेशिक १४/१५ कार्यालयहरु,निर्देशनालयहरु र निकायहरु गरि ३५ बर्ष राष्ट्र सेवक भै अनुभव,ज्ञान,सीप बटुल्दै संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्था ,शिक्षण संस्थाहरु,पेशागत संघ संस्थाहरुकाे नेतृत्वमा रहि सेवा गरियाे ।हाल सबैखाले भौतिक र अार्थिक सेवा सुबिधायुक्त र सम्मानित कार्यालय प्रमुखकाे पद छाेड्दै राष्ट सेवकबाट सादा र सेवक भै समाज सेवाकाे अवसरकाे खाेजिमा :
जय पृथ्वी नगरपालिकालाई शुन्दर ,शान्त,सुविधायुक्त ,भराेसायाेग्य ,शुशासित,सेवामुखि र पारदर्शि निकाय बनाउन निम्न नीति तथा कार्यक्रम संचालन गर्ने मेराे प्रतिबद्धता रहने छ।
( क)पुर्वाधार बिकास : –
१.शडक बाटाे: बिध्यमान शडकहरुकाे स्तरिकरणमा प्राथमिकता दिदै नगरका प्रत्यक गाउँबस्तीमा स्तरिय शडक संजाल जाेड्ने ।
शडक दायाँबायाँ वृक्षाराेपणमा जाेड गर्ने र ढल निकास गर्ने।
२.पुल : अावस्यकतानुसार नदिखाेलाहरुमा पुलहरु निर्माण गरि गाउँबस्तिहरु जाेड्ने ।
३.नहर कुला : सबै गाउँबस्तिमा भएका जिउला खेतहरु सिचाइ सुबिधाजन्य बनाइ राम्राे उब्जनि बढाउन नहरकुलाहरुकाे निर्माण तथा मर्मत गराउने ।
४.खानेपानि: नगर भरिका सबै घरधुरिमा स्वच्छ र सफा खानेपानीकाे ब्यवस्थापन
५.भवन निर्माण : गुणस्तरीय सेवा प्रदान गर्न नगर पालिका सम्बद्ध निकायहरु,शिक्षण ,स्वास्थ्य संस्थाका सुविधायुक्त संरचनाहरु निर्माण गर्ने ,
( ख)नीति तथा कार्यक्रमहरु :
१.बिध्यमान नीति ,बिधि,ऐन नियमकाे पूर्ण पालना गर्दै थप अावस्यक ऐन कानुन,कार्यक्रम कार्यन्वयन निर्देशिकाहरु तयार गरि नगरपालिका र संबद्ध निकायहरुलाई कानुन सम्मत चलाउने ,
२. हरियालि,शुन्दर,स्वच्छ र सफा नगरपालिका बनाउन ” हाम्रो गाउँ अाफै शुन्दर बनाउँ” र ” हाम्राे नगर सबैको नजर ” भन्ने नारा र भावनाका साथ समुदायलाई नै जिम्मेवारी बनाउने कार्यक्रम संचालन गर्ने,
नांगा बनपाखाहरुमा भिमल,खडिक,तिमिला,अमला,काेइर्याल ,मालु,बाँस लगायतका डालेघासकाे बृक्षाराेपण गर्ने,
३. स्थानिय समुदायहरुकाे अावस्यकता र मागकाे अाधारमा याेजना तर्जुमा गर्ने ।
४. याेजना कार्यन्वयनमा स्थानिय श्राेतसाधनकाे सदुपयाेग गरि श्रमदानमा जाेड गरि याेजनामा स्थानीयकाे अपनत्व जनाउने र जिम्मेवारी बनाउने ,
५. अावधिक याेजना ( एक वर्षे र बहु वर्षे) तर्जुमा गरि गुणस्तरीय ,दिगाे बनाउने कार्यक्रम गर्ने ,
६ कम लागतमा चाडैं र बढि प्रतिफल प्राप्ति हुने याेजनाहरु बनाउने,
७. स्थानिय श्राेत साधन र जनशक्ति सदुपयोग हुने र स्थानिय अावस्यकता र बजारकाे ब्यवस्था हुने उध्याेग स्थापना र संचालनमा सहयाेग र साझेदारि कायम गर्ने,
८ गुण स्तरिय र ब्याशायिक शिक्षामा जाेड दिन शिक्षण संस्थाहरुकाे सुधारमा विशेष कार्यक्रम संचालन गर्ने साे का लागि संघिय सरकार ,प्रदेश सरकार संग समन्वय र साझेदारी बढााउने,
९.फरक क्षेमता भएका ब्यक्ति,न्यून अाय भयका गरिव असहाय,बिपन्न वर्ग र महिला बालबालिकाहरुकाे जीवन स्तरमा सुधार ल्याउन थप कल्याणकारी कार्यक्रम संचालन गर्ने ,
१०. युवा जनशक्तिलाई सिपमुलक तथा ब्यावशायमुलक तालिम,लाेक सेवा तयारि कक्षा ,खेलकुदका सुबिधाहरु द्वारा राेजगारि र अायमुलकमा समाहित गर्ने ,
११. गरिव,अशहाय,जेहेन्दार ,उत्कृष्ट बिध्यार्थिहरुकाे पढाइमा सघाउन विशेष कार्यक्रम संचालन गर्ने,
१२.संघिय मन्त्रालय, बिभाग र प्रादेशिक मन्त्रालय, निर्देशनालय ,कार्यालयहरु संग समन्वय कायम गरि बिकास निर्माणका कार्यक्रमहरु संचालन गर्ने,
१३. नगरपालिकामा शुशासन,पारदर्शिता कायम गरि जवाफदेहि बनाउने र अावस्यक जनशक्तिकाे पुर्ति गर्न परे स्वच्छ संबैधानिक निकाय लाेक सेवा अायाेग मार्फत गर्ने गराउने ,
१४. बिपद ब्यवस्थापन काेषकाे ब्यवस्था गरि पिडितहरुलाई राहातकाे ब्यवस्थापन गर्ने,
अन्य समृद्ध नगरपालिकाहरु संग भगिनि सम्बन्ध कायम गरि नमुना नगरपालिका बनाउन प्रयत्न गर्ने,
१५. सेवा प्रदायक र सेवाग्राहीकाे बिचमा सुसम्बन्ध ,समन्वय कायम गरि सिघ्र र गुणस्तरीय सेवा प्रवाहमा जाेड दिने,
१६.जनप्रतिनिधि र कर्मचारीहरुमा सेवा भावना अभिबृधि गरि उनिहरुकाे क्षेमता बिकासका लागि तालिम गाेष्ठिकाे ब्यवस्था गर्ने ,
१६. नदि खाेलाकाे बहावमा सुरक्षा गर्न छेउछाउमा बृक्षाराेपण ,तटबन्धकाे ब्यवस्था गर्ने र सुरक्षित ढंगले क्रसर उध्याेग खाेलि बालुवा ढुंगाकाे सहि सदुपयाेग गर्ने,
१७. स्थानीय श्राेत साधन अल्लाे ,भाँगाे,केतुकि (राम्भास ) ,निगालाे,कपास अादि बिस्तार गरि ती चिजहरुबाट बन्ने सामाग्री उत्पादन गर्ने गराउने साथै रैथाने अन्न बालिहरु,तरकारीकाे उत्पादनमा बिस्तार गर्ने गराउने, खेतबारि बाँझाे राख्ने प्रचलनलाई हटाउन बैकल्पिक कार्यक्रम संचालन गर्ने,
१८,नगर भरिका धार्मिक तथा पर्यटकिय स्थलहरु, सांस्कृतिक दरबार काेटहरु,झर्ना,ताल,नदिखाेला,हिमालहरुकाे पहिचान र संरक्षण गरि पर्यटन प्रबर्द्धनमा जाेड गर्ने,
१९सबै कार्यक्रमहरुमा सम्बद्ध निकाय,वर्ग,ब्यक्तिहरुकाे समन्वय,सहयाेग,सल्लाह,सहकारि र सहभागितामा कार्यक्रमहरु संचालन गर्ने नीति रहने छ।
२०. म भन्दा हामी, घर भन्दा गाउँ नगर ,ब्यक्ति भन्दा संस्था , ठुलाकाे भन्दा सानाकाे सेवामा समर्पित रहदै सादा जिवन जिउने

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित