धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत विजयनगर कपिलवास्तु
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उनी केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ ।
योगी दोस्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा नेपाललाई रोजेको विश्वस्त स्रोतले बताएको छ । उनले नेपाल भ्रमणको दौरान पशुपतिनाथलगायत धार्मिक तीर्थस्थलको भ्रमण गर्नेछन् ।
योगीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा बनारसमा विशेष स्वागत गरेका थिए । देउवालाई काशी विश्वनाथको दर्शन समेत गराएका थिए ।
नेपालमा योगीको भ्रमणको मिति भने तय गरिएको छैन । तर, उनले नेपाल भ्रमणमा आएर महत्वपूर्ण सन्देश दिने बुझिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

